टीभीएसको ग्राण्ड एक्सचेन्ज मेला शुरु

मेलामा शून्य प्रतिशत ब्याजदरको सुविधा र मासिक ५,९९९ ईएमआईमा पनि टीभीएस खरिद गर्न मिल्ने कम्पनीले जनाएको छ।

नेपालभ्युज

टीभीएसको ग्राण्ड एक्सचेन्ज मेला शुरु

काठमाडौं। नेपालको लागि टीभीएस टू-ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही २९ चैतदेखि ३ वैशाखसम्म ग्राण्ड एक्सचेन्ज मेला शुरु गरेको छ।

भृकुटीमण्डपमा भइरहेको उक्त एक्स्चेन्ज मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर घर लिएर जान सक्नेछन्।

एक्सचेन्ज मेलामा ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १० हजारसम्म मुल्याङ्कन पाउने छन् भने नयाँ सवारी खरिदमा किन्नु अगाडि नै http://tvsnepal.com/newyear/ मा दर्ता गरी ५० हजार रुपैयाँसम्मको छुट पाउन सक्ने र किनेपश्चात् १ लाखसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ।

यसैगरी शून्य प्रतिशत ब्याजदरको सुविधा र मासिक ५,९९९ ईएमआईमा पनि टीभीएस खरिद गर्न मिल्ने कम्पनीले जनाएको छ। यसका साथै हरेक टीभीएस मोटरसाइकल वा स्कुटरको खरिदमा मा निःशुल्क एसेसरिज (हेलमेट, बाइक कभर र रेनकोट) पनि पाउन सकिने छ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टीभीएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो। नेपालभर १४५ भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएस बजारमा उपस्थित छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved