कमल थापाकी छोरी प्रतिष्ठाद्वारा राप्रपा परित्याग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेकी छिन्।

नेपालभ्युज

कमल थापाकी छोरी प्रतिष्ठाद्वारा राप्रपा परित्याग

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाको छोरी प्रतिष्ठा थापा रायमाझीले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा परित्याग गरेकी छिन्। उनी अब आफ्नो बाबुको नेतृत्वमा रहेको राप्रपा नेपालमा जाने तयारी गरेकी छिन्।

गत महाधिवेशनमा प्रतिष्ठा केन्द्रीय सदस्य पदमा निर्वाचित भएकी थिइन्। उनले साधारण सदस्य समेत नरहने गरी राप्रपाबाट राजीनामा दिएकी हुन्।

राप्रपा पार्टी र नेतृत्वमा केही महिनादेखि देखिएको सैद्धान्तिक र नैतिक विचलनका कारण आफूले भारी मनका साथ पार्टी परित्याग गर्नुपरेको उनले राजीनामा पत्रमा उल्लेख गरेकी छन्।

केही दिनअघि कमल थापाका भतिजा अभिषेक थापाले पनि राप्रपा परित्याग गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved