स्मार्ट च्वाइस टेक्नोलोजिज र स्मार्ट कार्ड नेपालबीच भुक्तानी सेवाका लागि सम्झौता

नेपालभ्युज

स्मार्ट च्वाइस टेक्नोलोजिज र स्मार्ट कार्ड नेपालबीच भुक्तानी सेवाका लागि सम्झौता

काठमाडौं। स्मार्ट च्वाइस टेक्नोलोजिज र स्मार्ट कार्ड नेपालबीच स्मार्ट क्यूआरमार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ।

काठमाडौंमा सोमबार आयोजित कार्यक्रमबीच स्मार्ट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र स्मार्ट कार्ड नेपालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज मेहताले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि माई पे वालेट प्रयोगकर्ताले माई पे वालेटमार्फत् स्मार्ट क्यूआर मर्चेन्टहरूलाई भुक्क्तानी गर्न सक्छन् भने माई पेमार्फत विभिन्न व्यापार व्यवसायमा आबद्व व्यवसायीहरुले स्मार्ट क्यूआरमार्फत भुक्क्तानी लिनलाई क्यूआरको सुविधा लिन सक्नेछन्।

इएमभी स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीचमार्फत कारोबार भुक्तानी तथा फर्स्योट गर्ने भएकाले स्मार्ट क्यूआरमार्फत् भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने कम्पनीको विश्वास छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved