माओवादी प्रवेश गरे जसपा सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी

बाबुराम भट्टराईले माओवादी केन्द्र छोडेर नयाँ शक्ति पार्टी गठन गर्दा उनी पनि भट्टराईसँगै गएका थिए।

माओवादी प्रवेश गरे जसपा सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी

धनगढी। जनता समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन) माओवादी केन्द्रमा प्रवेश गरेका छन्। उनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा पुनः स्वागत गरेका हुन् ।

चौधरी माओवादी केन्द्रमै रहेको समयमा बाबुराम भट्टराईले माओवादी केन्द्र छोडेर नयाँ शक्ति पार्टी गठन गर्दा उनी पनि भट्टराईसँगै गएका थिए। नयाँ शक्तिबाट संघीय समाजवादी पार्टी हुँदै जसपा भएपछि कुन्दन सुदूरपश्चिम प्रदेश अध्यक्ष बनेका थिए।

उनीसँगै जनता समाजवादी पार्टी सुदूरपश्चिमका अन्य नेता कार्यकर्ताहरु पनि माओवादीमा फिर्ता भएका बताइएको छ। उनी माओवादी केन्द्र कैलाली क्षेत्र नम्बर ४ बाट संविधानसभा सदस्य पनि थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved