‘आचारसंहिताले निर्वाचनलाई कम खर्चिलो बनाउँछ’

नेपालभ्युज

‘आचारसंहिताले निर्वाचनलाई कम खर्चिलो बनाउँछ’

सुर्खेत । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचनलाई कम खर्चिलो बनाउनका लागि निर्वाचन आचिारसंहिता बनाइएको बताएकी छन्।

मंगलबार वीरेन्द्रनगरमा आयोजित स्थानीय तह निर्वाचन २०७९ सम्बन्धी मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै डा. तुलाधरले निर्वाचन आचारसंहिताले निर्वाचनलाई कम खर्चिलो हुने बताएकी हुन्।

निर्वाचनका बेला मतदाता नामावली संकलन, आचारसंहिता पालना, मतदान, मतगणना र सुरक्षा व्यवस्थापन लगायतका क्रियाकलाप सम्पन्न गर्नमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने भन्दै पत्रकारले निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताभित्र रही मतदातामा सत्य तथ्य सूचना सम्प्रेषणमा गर्न निर्वाचन आयुक्त डा. तुलाधरले बताइन्।

‘निर्वाचन आभारसंहितको कार्यान्वयनका सन्दर्भमा मिडिया क्षेत्रबाट पूर्ण सहयोग प्राप्त हुन्छ।’ उनले भनिन्,‘निर्वाचनको संचालन, रेखदेख, र नियन्त्रणमा आयोग कटिबद्ध भएकाले यसलाई अगाडी बढाउन मिडियाको सहयोग बिना आयोग एक्लैले केही गर्न सक्दैन्।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved