एमालेमै फर्किए एकीकृत समाजवादीका कञ्चनपुर जिल्ला उपाध्यक्ष कुँवर

कुँवर तत्कालीन नेकपा हुँदा कार्यालय सचिव थिए। पार्टी फुटेपछि उनी समाजवादीमा जाने कञ्चनपुरका शुरुआती नेता मध्येमा पर्छन्।

एमालेमै फर्किए एकीकृत समाजवादीका कञ्चनपुर जिल्ला उपाध्यक्ष कुँवर

धनगढी। नेकपा (एकीकृत समाजवादी) कञ्चनपुर जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर नेकपा एमालेमै फर्किएका छन्। कुँवरलाई नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीमा स्वागत गरेका छन्।

भट्टले आफ्नै निवासमा आयोजित कार्यक्रममा कुँवरलाई एमालेमा स्वागत गरेका हुन्। उक्त अवसरमा पोलिट्ब्युरो सदस्य तथा प्रदेश सह–इन्चार्ज राजेन्द्र रावल, कञ्चनपुर इन्चार्ज निरु पाल, जिल्ला अध्यक्ष सुरेन्द्र विष्टलगायतको उपस्थिति थियो।

एमाले विभाजनपछि उनी एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष बनेका थिए। एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गर्ने अन्य नेताहरुलाई भने आइतबार पार्टी प्रवेश गराइने नेकपा एमालेले जनाएको छ।

कुँवर तत्कालीन नेकपा हुँदा कार्यालय सचिव थिए। पार्टी फुटेपछि उनी समाजवादीमा जाने कञ्चनपुरका शुरुआती नेता मध्येमा पर्छन्। कुँवर तत्कालीन महेन्द्रनगर नगरपालिकाका मेयर सूर्यबहादुर कुँवरका छोरा हुन्।

पछिल्लो समय समाजवादीले महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णानन्द भट्टलाई नियुक्त गर्दा उनले असन्तुष्टि जनाएका थिए। उनी आफै अध्यक्षको दाबेदार थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved