ससुरालीको सिफारिसमा दुई ज्वाइँलाई राजदूत बन्‍ने सौभाग्य

नेपालभ्युज

ससुरालीको सिफारिसमा दुई ज्वाइँलाई राजदूत बन्‍ने सौभाग्य

काठमाडौँ । सरकारले लामो समयदेखि रिक्त रहेका २० देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबार अपराह्न भएको बैठकले परराष्ट्र सेवाबाट आठ जना र सत्ता साझेदार दलहरुको सिफारिसमा १२ जनालाई विभिन्न मुलुकका लागि राजदूतमा नियुक्तिको सिफारिस गरेको हो।

अस्ट्रेलियाका लागि सिफारिरस भएका कैलाश पोखरेल माधवकुमार नेपालका बहिनी ज्वाँई हुन्। उनी नेपालकै पहलमा नेकपा एसको कोटाबाट राजदूत सिफारिस भएका हुन्।

त्यसैगरी माओवादीको कोटाबाट श्रीलंकाको राजदूतमा सिफारिस भएका बासुदेव मिश्र  ऊर्जामन्त्री तथा माओवादी केन्द्रकी नेता पम्फा भुसालकी बहिनी ज्वाइँ हुन्। अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले उनीहरूलाई राजदूत नियुक्त गर्नेछिन्।

राजदूतमा सिफारिस भएकाहरूको सूचि यस्तो छ :

बिष्णुपुकार श्रेष्ठ-  चीन

दानबहादुर तामाङ- दक्षिण अफ्रिका

शर्मिला पराजुली ढकाल- स्पेन

बासुदेव मिश्र- श्रीलंका

मिलन तुलाधर- रूस

डिल्लीराज पौडेल- मलेसिया

शान्ता रिजाल -इजरायल

नवराज सुवेदी- साउदी अरब

घनश्याम बन्जाडे- बंगलादेश

दुर्गाबहादुर सुवेदी -जापान

निर्मलराज काफ्ले- ब्राजिल

भरतकुमार रेग्मी- अष्ट्रिया

सुशीलकुमार लम्साल – इजिप्ट

कैलाश पोखरेल- अष्ट्रेलिया

ज्योति प्याकुरेल -दक्षिण कोरिया

रामसुरज राय यादव- डेनमार्क

नरेशविक्रम ढकाल

डोरनाथ अर्याल

तिर्थराज वाग्ले

सरकारले सिफारिस गरेका नाम संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved