धर्ती र मान्छेको स्वास्थ्यका लागि ‍‍…

धर्ती र मान्छेको स्वास्थ्यका लागि ‍‍…

एजेन्सी । हरेक नयाँ दिनसँगै दुनियाँमा नयाँ रोग फैलने र अर्को महामारी हु्ने आंशका बढ्ने गरेको छ। यस्तो हुनुका धेरै कारणहरू छन्। वन जंगलमा बढ्दो मानिसको हस्तक्षेपका कारण नयाँ नयाँ रोगहरू मानिसको सम्पर्कमा आइरहेका छन्।

ग्लोबल वार्मिङका कारण विभिन्न ठाउँहरूमा पनि नयाँ नयाँ रोगहरू अस्तित्वमा देखिएका छन्। त्यस्तै, हवाई यात्राका कारण २४ घण्टाभन्दा कम समयमै दुनियाँको एउटा भूगोलबाट अर्को भूगोलसम्म रोगको संक्रमण फैलनसक्छ।

शहरहरूको बाक्लो बसोवासले पनि यसमा भूमिका खेलिरहेको हुन्छ। पहिरो, खडेरीलगायत प्राकृतिक विपद्का कारण मानिसहरु बिस्थापित भइरहेका छन्। समूद्रको गहिराईदेखि सगरमाथाको शिखरसम्म प्लास्टि र अन्य प्रदूषण भेटिने गरेको छ।

यसले हाम्रो खाद्य चक्रमा असर गरेको छ। जंक फुड र केमिकलयुक्त पेय पदार्थहरूले हाम्रो मोटोपन बढाइरहेका छन्। क्यान्सर र हृदयघातजस्ता रोग बढेका छन्।

एन्टीमाइक्रोबायल्सको बिना उपयोगपूर्व निकै प्रभावकारी साबित भएको एन्टीबायोटिक्स अहिले बेअसर साबित हुन थालेको छ। यी सबै अवस्थाले मानिस र धर्तीको स्वास्थमा ठूलो असर गरेको छ। अनुमानअनुसार २०३० देखि २०५० सम्म जलवायु परिवर्तनका कारण कुपोषण, मलेरिया, डायरिया र अत्याधिक गर्मीका कारण विश्वभर वर्षेनी थप २ लाख ५० हजार मानिसको अकालमै मृत्यु हुनसक्छ।

जलवायु परिवर्तनका कारण बढ्दो ताक्रमण र बाढीबाट डेंगुजस्ता रोगको खतरा बढेको छ। अहिले विश्वमा हरेक १० मध्ये ९ जनाले दूषित हावा लिइरहेका छन्। दप्रत्यक्ष वा परोक्ष रूपमा झन्डै २४ प्रतिशतको मृत्युको कारण दूषित हावा बन्ने गरेको छ।

वायु प्रदुषणले फोक्सोको क्यान्सर, हृदयरोग र मस्तिस्कघातका कारण हरेक मिनेटमा १२ जनाको ज्यान लिन्छ।

विश्व स्वास्थ संगठनको आँकलनअनुसार दुनियाँमा हरेक साल लगभग १ करोड ३० लाख मानिस यस्ता पर्यावरणीय कारणले मर्ने गरेका छन्, उनीहरूलाई बचाउन सकिन्छ।

अध्ययनअनुसार विश्वभरका ३ अर्ब ६० करोड मानिससँग सुरक्षित शौचालय छैन। अनुपचारित मानव मलले परिस्थितिक तन्त्र र मानव स्वास्थलाई बिगार्छ।

विश्वमा झन्डै दुई अर्ब मानिसलाई सुरक्षित खानेपानी मिलिरहेको छैन। दूषित पानी र प्रदूषणका कारण वर्षेनी आठ लाख मानिस डायरियाले मर्ने गर्छन्। त्यसैगरी धुम्रपानले हरेक वषृ ८० लाख मानिसको ज्यान लिने गर्छ।

यो क्यान्सर हृदय रोग, फोक्सोको बिरामीलगायत समस्याको प्रमुख कारण हो। हरेक वर्ष ६० खरब चुरोट बनाउनका लागि झन्डै ६० करोड रूख काट्ने गरिएको छ।

सफा हावाका लागि यो ठूलो रूकावट हो। यदी सार्वजनिक यातायत प्रणालीलाई पर्यावरणमैत्री बनाउने हो भने हावाको गुणवत्तालाई सुधार्न सकिन्छ।

ढल, अविष्शिट पदार्थ र विषालु रसायनलाई हाम्रा नदी, कुवा र भूजलहरूमा प्रवेश गर्नबाट रोकेर हामीले जलस्रोतको रक्षा गर्नसक्छौं।
यी सबै बिन्दुहरूले मानव, पशु र स्वच्छ हावा कसरी परस्परमा जोडिएका छन् भन्ने बताउँछन्। यहीकारण पछिल्लो दशकमा ‘एक स्वास्थ’ अवधारणा उदाएको छ।

विश्व स्वास्थ दिवस २०२२ को थिम ‘हाम्रो ग्रह, हाम्रो स्वास्थ’ समय अनुकुल छ। यो थिमले मानिस र धर्तीलाई स्वस्थ राख्न र स्वस्थ समाज बनाउनका लागि विशेष प्रयास गर्नुपर्ने आवश्यकता औल्याउँछ।

कोरोना भाइरस महामारीले पनि स्वास्थको महत्वलाई थप उजागर गरेको छ। त्यसैले पर्यावरणलाई असर नगरी हामी वा हामीपछिको पिढींको स्वास्थका लागि प्रतिबद्ध हुनु आजको आवश्यकता हो।

पक्कै पनि हामी सबै मिलेर धेरै चुनौतीहरू पार लगाउनसक्छौं।

लहारिया जननीति तथा स्वास्थ्य विशेषज्ञ हुन्

(हिन्दूस्तान दैनिकबाट साभार।)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved