भारतबाहेक विनोद चौधरी दक्षिण एसियाका एक्ला अर्बपति

नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ। सन् २०२२ मा गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९औं नम्बरमा परेका छन्।

नेपालभ्युज

भारतबाहेक विनोद चौधरी दक्षिण एसियाका एक्ला अर्बपति

काठमाडौं। नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्ति बढेर डेढ अर्ब डलर पुगेको छ। सन् २०२२ मा गएराति सार्वजनिक विश्वका अर्बपतिको सूचीमा चौधरी १९२९औं नम्बरमा परेका छन्। फोर्ब्सले सार्वजनिक गरेको सूचीमा चौधरीको कुल सम्पत्ति डेढ अर्ब उल्लेख छ।

गए राती सार्वजनिक सूचीअनुसार दक्षिण एसियामा भारतमा बाहेकका अर्बपति नेपालका विनोद चौधरी मात्र रहेका छन्। दक्षिण एसियाका देशहरूमध्ये डलर अर्बपति रहेका देशमा भारत र नेपालमात्र परेका हुन्। दक्षिण एसियाका अन्य मुलुकहरू श्रीलंका, भुटान, पाकिस्तान, बंगलादेश, माल्दिप्स र अफगानिस्तानका कुनैपनि व्यवसायी अर्बपतिको सूचीमा परेका छैनन्।

नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको सम्पत्तिमा पनि वृद्धि भएको छ। फोब्सका अनुसार उनको सम्पत्ति गत वर्ष १.४ अर्ब डलर रहेकोमा यो वर्ष दश करोड डलरले वृद्धि भई १.५ अर्ब डलर पुगेको छ। व्यवसायी चौधरी फोब्सको सूचीमा १९२९ नम्बरमा छन्। चौधरी २०१३ देखि अर्बपतिहरूको सूचीमा निरन्तर रहँदै आएका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधिसभाका सदस्यसमेत रहेका व्यवसायी चौधरी पछिल्लो समय राजनीतिमा सक्रिय छन्। एउटा व्यक्तिमात्र धनी हुदैमा आफुलाई सन्तुष्टि नमिल्ने बताउदै चौधरीले देशलाई आर्थिक रूपले समृद्ध बनाउन सक्दाको दिनमा मात्र वास्तविक आत्मसन्तुष्टि मिल्ने बताए। ‘‘मेरो सपना समृद्ध नेपाल निर्माण गर्ने हो,’’ चौधरीले भने, ‘‘आफूसँग भएको ज्ञान र सिकेको सिप सबै नेपालीले देखेको देशको आर्थिक समृद्धिको सपना साकार पार्न प्रयोग गर्न सकौं भनेर नै म राजनीतिमा आएको हु।’’

यस्तै उक्त सूचिकाअनुसार दक्षिण एसियाको अर्को मुलुक छिमेकी भारत विश्वका धेरै अर्बपति रहेको मुलुकहरूमध्ये तेस्रो भएको छ। भारतमा १ सय ६६ अर्बपति रहेका छन् भने अर्को छिमेकी मुलुक चीनमा ५ सय ३९अर्बपति रहेका छन्। सूचीको सबैभन्दा माथस रहेको अमेरिकामा अर्बपतिहरूको संख्या ७ सय ३५ रहेको छ।

२९०.३ अर्ब डलर सम्पत्ति रहेका एलन मस्क यस वर्ष पनि विश्वको सर्वाधिक धनी व्यक्ति भएका छन्। यस्तै दोस्रो धनी जेफ बेजोसको सम्पत्ति १८९.८ रहेको छ भने बर्नाड र बिल गेट्स क्रमशः तेस्रो र चौथो धनी रहेका छन्। भारतका गौतम अदानी र मुकेश अम्बानी पहिलो दशको सूचीमा रहेका छन्। अदानी नवौँ र अम्बानी दशौँ नम्बरमा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved