काष्ठमण्डप सबैका लागि खुला

राष्ट्रपति विद्या भण्डारीले पुरातात्त्विक महत्त्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार लोकार्पण गरेंसंगै सबैका लागि खुला भएको छ।

नेपालभ्युज

काष्ठमण्डप सबैका लागि खुला

काठमाडौं। राष्ट्रपति विद्या भण्डारीले पुरातात्त्विक महत्त्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार लोकार्पण गरेंसंगै सबैका लागि खुला भएको छ।

उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले काठमाडौँ उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको सङ्गम थलोको रूपमा मानिएको बताइन्। प्रकृतिको संरक्षण हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउनु सम्बन्धित पक्षले विशेष महत्त्व दिनुपर्ने राष्ट्रपति भण्डारीको भनाइ छ ।

कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै सम्पदा प्रेमीहरू उत्साहित हुने गरी सम्पदा पुनर्निर्माणको कामलाई अघि बढाइएको दाबी गरे।

उनले काष्ठमण्डप पुनर्निर्माणको क्रममा देखिएको विवाद समाधानका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्कृतिविद् सत्यमोहन जोशीप्रति पनि आभार व्यक्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved