मधेश प्रदेशमा एक्लिदै एमाले, गठबन्धन दलहरूबीच चुनावी तालमेल

नेपालभ्युज

मधेश प्रदेशमा एक्लिदै एमाले, गठबन्धन दलहरूबीच चुनावी तालमेल

जनकपुरधाम। मधेश प्रदेशमा स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनले तालमेल गर्ने तयारी थालेका छन्।

निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने सन्दर्भमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको बसेको संयुक्त बैठक आइतबार जनकपुरधाममा सम्पन्न भएको छ।

नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण यादवले बैठकले प्रदेशका सबै स्थानीय तहको समीक्षा गर्ने निर्णय गरेको जानकारी दिए।

सभापति यादवले भने, “प्रत्येक जिल्लामा यसको काँग्रेसले समन्वय गर्ने गरी गठबन्धन दलको बैठक बसेर प्रत्येक जिल्लाको पालिकाको अवस्थाबारे समीक्षा गरेर प्रतिवेदन पेश गर्न सबै जिल्लामा पत्राचार गरिएको छ।”

सभापति यादवले जिल्ला स्तरीय गठबन्धनलाई प्रत्येक पालिकाको समीक्षा गरेर मंगलबार २२ गतेसम्म प्रतिवेदन बुझाउन निर्देशन गरिएको बताए। उनले प्रतिवेदन आइसकेपछि थप छलफललाई बढाइने बताए।

बैठकमा कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र जनमोर्चाका नेताहरूको सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved