सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर विस्फोट, तीन बालबालिकाको मृत्यु

नेपालभ्युज

सिन्धुपाल्चोकमा ग्यास सिलिण्डर विस्फोट, तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक। खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो।

स्थानीय मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आज साँझ ७ बजे ग्यास विस्फोट भएको हो। घरमा आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक, कुमार तामाङका छ वर्षको छोरा सरगम तामाङ र छिमेकी पदम तामाङको साढे दुई वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

आगोमा जलेर उनीहरूको घरभित्रै मृत्यु भएको प्रहरीले जनाएको छ। मीनबहादुर पनि घाइते भएको र उपचारका लागि उनलाई अस्पताल लगिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved