मधेश प्रदेशमा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने

नेपालभ्युज

मधेश प्रदेशमा सत्ता गठबन्धनले चुनावी तालमेल गर्ने

जनकपुरधाम। आगामी ३० वैशाख गते हुने स्थानीय तहको चुनावका लागि मधेश प्रदेशमा सत्तामा रहेका गठबन्धन दलहरू तालमेल गरेर जाने भएका छन्।

नेपाली कांग्रेसको मधेश प्रदेश कार्यालयमा मधेश प्रदेशमा स्थानीय तहमा पनि चुनावी गठबन्धन र तालमेलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक बस्न लागेको छ। नेकपा माओवादी केन्द्र मधेश प्रदेशका सचिव योगकुमार बरबरीया जीवनले चार दलको बैठक बस्न लागेको जानकारी दिए।

सो बैठकमा सहभागी दलले आ-आफ्नो पार्टी संगठनको अवस्थाबारे, चुनावी तालमेल र गठबन्धनको विषयमा छलफल गरिने सचिव बरबरीयाले बताए। आज बस्न लागेको गठबन्धन दलको बैठकमा माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपाल दलहरू सहभागी हुनेछन्।

आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको महोत्तरी र धनुषामा विभिन्न कार्यक्रम रहेकाले बैठक केही ढिला गरी शुरु हुने उनले बताए। स्थानीय तह निर्वाचनका लागि मधेश प्रदेशमा रहेको चार दलीय गठबन्धनको बैठक पहिलो पटक हुन लागेको छ।

स्थानीय तहको निर्वाचनका लागि सबै दलका प्रमुख नेताहरू अहिले मधेशमा विशेष फोकस गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved