एआईजीमा बढुवा भएकालाई दर्ज्यानी चिह्न तर सर्वोच्चमा रिट

नेपालभ्युज

एआईजीमा बढुवा भएकालाई दर्ज्यानी चिह्न तर सर्वोच्चमा रिट

काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले पदोन्नति भएका तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) लाई आज प्रहरी प्रधान कार्यालयमा एक समारोहबीच दर्ज्यानी चिह्न प्रदान गरेका छन्।

नेपाल सरकार मन्त्रिपरिषद्को आजको निर्णयले ८ चैतदेखि लागू हुनेगरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्रदान गरे।

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षत्रीले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व बहन गर्नका निम्ति सफल हुने विश्वाससमेत व्यक्त गरे।

तर आजै मन्त्रिपरिषद्को यो निर्णविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

वरीष्ठताक्रम र कार्यक्षमताका आधारमा नभई गैरकानूनीरूपमा बढुवा गरेको उल्लेख गर्दै आज डीआईजी ईश्वरबाबु कार्कीले रिट निवेदन दायर गरेका हुन्। आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

उक्त निर्णयविरुद्ध तीन रिट निवेदन सर्वोच्च अदालतमा पुगेको छ। त्यसमध्ये एक दर्ता भएको छ भने दुई दर्ता हुने प्रक्रियामा रहेको छ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार डीआईजी कार्कीको रिट दर्ता भएको छ। आइतबारका लागि पेसी तोकिएको छ। डीआईजी घनश्याम अर्याल र प्रकाशजंग कार्कीको पनि रिट निवेदन अलि ढिला आएको हुनाले दर्ता हुने प्रक्रियामा रहेको जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved