क्रेनको ठक्करबाट साइकल चढेर विद्यालय गइरहेकी छात्राको मृत्यु

नेपालभ्युज

क्रेनको ठक्करबाट साइकल चढेर विद्यालय गइरहेकी छात्राको मृत्यु

सर्लाही। बागमती नगरपालिकाअन्तर्गत राजघाटमा क्रेनको ठक्करबाट विद्यालय हिँडेकी छात्राको मृत्यु भएको छ।

बिहीबार मध्याह्न बागमती नगरपालिका-७ राजघाटअन्तर्गत नेमी चोक नजिक क्रेनको ठक्करबाट स्थानीय १७ वर्षीया किशोरीको मृत्यु भएको हो।

घरबाट नव जनजागरण माविमा अध्ययनका लागि साइकलमा गइरहेकी स्थानीय सुमित्रा परियारलाई विपरीत दिशाबाट आएको क्रेनले ठक्कर दिएको प्रहरीले जनाएको छ। क्रेनको ठक्करबाट सुमित्राको घटनास्थलमै मृत्यु भएको हो।

क्रेनमा रहेका चालकसहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। आक्रोशित गाउँलेले क्रेनमा केही तोडफोड गरेका छन् भने आगो लगाउने समेत प्रयास गरेका बुझिएको छ।

घटनास्थलमा रहेको सशस्त्र प्रहरीले स्थानीयले लगाएको आगो तत्काल नियन्त्रणमा लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved