भारतीय रेफ्रिजेरेटर ब्रान्ड गोडरेजको नयाँ वर्ष लक्षित योजना सार्वजनिक

कम्पनीका अनुसार माइक्रोवेभ ओवनमा आकर्षक छुटको साथै कूकिङ किट उपहार पाउन सकिनेछ। त्यस्तै, रेफ्रिजेरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रिजर, एसी र भाइरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ।

नेपालभ्युज

भारतीय रेफ्रिजेरेटर ब्रान्ड गोडरेजको नयाँ वर्ष लक्षित योजना सार्वजनिक

काठमाडौं। भारतीय रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले नयाँ वर्षको अवसरमा नेपाली बजारमा नयाँ योजना सार्वजनिक गरेको छ। गोडरेजले ‘गेट सेट गोडरेज’ नामक योजना सार्वजनिक गरेको हो।

यस योजनाअन्तर्गत ग्राहकहरुले गोडरेजको होम एप्लायन्सहरुको खरिदमा आकर्षक क्यासब्याक र उपहारहरु प्राप्त गर्न सक्नेछन्। कम्पनीका अनुसार ग्राहकहरुले यो योजनाको लाभ १३ चैत्रदेखि सीमित अवधिका लागि नेपाल अधिराज्यभर उठाउन सक्नेछन्।

ग्राहकहरुले हरेक गोडरेजको सामानको खरिदमा २१% सम्मका छुट र आकर्षक उपहारहरु पाउन सकिने छ। फ्रोन्ट लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै ६ केजी एरियल वशिङ पाउडर र टप लोड वाशिङ मेसिनको खरिदमा आकर्षक छुटको साथै २ केजी एरियल वशिङ पाउडर पनि पाउने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार माइक्रोवेभ ओवनमा आकर्षक छुटको साथै कूकिङ किट उपहार पाउन सकिनेछ। त्यस्तै, रेफ्रिजेरेटर, एअर कूलर, छोटुकूल, चेस्ट फ्रिजर, एसी र भाइरोशिल्डको खरिदमा पनि आकर्षक छुट पाउन सकिने कम्पनीले जनाएको छ।

एसीमा आकर्षक छुट र चार हजार रुपैयाँ बराबरको निःसुल्क एसी जडान सुबिधा पाउन सकिनेछ। कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।

नेपालभर गोडरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी ईओएल रहेको छ । कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौंभित्र टङ्गाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रविभवन, हात्तीगौडा, त्रिपुरेश्वर, नयाँ बजार र काठमाडौंबाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved