लोसपाले बोलायो कार्यकारिणी बैठकः सरकारमा सहभागी हुने र निर्वाचनबारे रणनीति

नेपालभ्युज

लोसपाले बोलायो कार्यकारिणी बैठकः सरकारमा सहभागी हुने र निर्वाचनबारे रणनीति

काठमाडौं। मधेश र लुम्बिनी प्रदेशको चार ओटा पार्टी प्रशिक्षण कार्यक्रम गरेपछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय कार्यकारणी समिति बैठक बोलाएको छ। आउँदो १६ चैतमा बोलाइएको बैठक पार्टी कार्यलय बबरमहल काठमाडौंमा बस्ने छ।

स्थानीय तह निर्वाचनकेन्द्रित पार्टी प्रशिक्षण गरेको लोसपाले कार्यकारणी समितिबाट निर्वाचनका लागि रणनीतिहरू बनाउने जनाइएको छ।

त्यसको साथै बैठकमा संघीय सरकारमा सहभागिताको विषयमा पनि छलफल हुने जनाएको छ। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा छलफल गरेर निर्णय लिइने कार्यकारिणी समितिका एक सदस्यले बताए।

प्रधानमन्त्री देउवाले लोसपालाई सरकारमा आउन आग्रह गरेपछि यसबारे छलफल हुन लागेको हो। देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी गराउनुपर्ने बताएका छन्।

No description available.


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved