सर्लाही बस दुर्घटनाः मृतक २ जनाको सनाखत, ३२ घाइते (नामावलीसहित)

नेपालभ्युज

सर्लाही बस दुर्घटनाः मृतक २ जनाको सनाखत, ३२ घाइते (नामावलीसहित)

जनकपुरधाम। वीरगञ्जबाट जनकपुरधाम आउँदै गरेको बस सर्लाहीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमध्ये दुईजनाको सनाखत भएको छ भने दुई जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

आइतबार बिहान साढे ११ बजेतिर सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. १७ स्थित पूर्वपश्चिम लोकमार्गको फुलजोर पुलबाट ना४ख ८५५५ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर खस्दा चार जनाको मृत्यु भएको थियो।

दुर्घटनामा भारत वेतिया बेलसन्धि कोडार पिपरा पञ्चायत बस्ने २४ वर्षीय सुनिल यादव, सिन्धुली तीनपाटन गाउँपालिका २ बस्ने ३० वर्षीया शर्मिला कार्की श्रेष्ठको मृत्यु भएको हो। त्यस्तै मृत्यु हुने एक पुरुष र एक महिलाको सनाखत हुन सकेको छैन। घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको थियो। चार जनाको उपचार क्रममा मृत्यु भएको हो। दुर्घटनामा ३२ जना घाइते भएका छन्।

घाइतेहरूको नाम, अवस्था र उपचाररत स्थान 

१) जिल्ला रौतहत चन्द्रपुर न.पा.–४ सन्त ब. जर्गामगरको छोरा वर्ष २९को कुस बहादुर जर्गामगरको टाउकोमा चोट अवस्था समान्य मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको।

२) जिल्ला सर्लाही लालबन्दी न.पा.–२ नवलपुर बस्ने जयराम विककी श्रीमती वर्ष सम्झना खत्री दाहिने हात, कुम्भमा चोट अवस्था मध्यम। मोडेल अस्पताल ललाबन्दीमा उपचार भइरहेको।

३) जि.महोत्तरी वर्दीबास न.पा.–५ माईस्थान बस्ने राजन श्रीमती वर्ष ५० की अम्बिका श्रेष्ठ छातिमा चोट अवस्था मध्यम मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको।

४) जिल्ला सिन्धुलि तीनपाटन गा.पा.–२ नरहरी थापाकी श्रीमती वर्ष ४२ की सवला थापा छातिमा चोट मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको

५) जिल्ला सिन्धुलि तीनपाटन गा.पा.–२ बस्ने अर्जुन श्रेष्ठको छोरी ३ महीनाको अवासि श्रेष्ठ जिउमा चोट अवस्था ,मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको

६) जिल्ला महोत्तरी गौशाला न.पा.–१० बस्ने रुद्र बहादुर थापाको छोरा वर्ष १८ को सिरज कुमार थापा टाउकोमा चोट अवस्था मध्यम मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको

७) जिल्ला सर्लाही ईश्वरपे न.पा.–८ बस्ने यसवर रामको छोरा वर्ष १८ को मन्तोष राम ढाडमा भित्री चोट अवस्था मध्यम मोडेल अस्पताल ललाबन्दी

८) जिल्ला सर्लाही लालबन्दी न.पा.–२ मनोज पासवानको श्रिमती वर्ष २५ की सावित्री पासवानको वाया खुट्टा र कम्मरमा चोट अवस्ता मध्यम।मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको छ।

९) बस चालक जिल्ला बारा कलैया न.पा.–१२ बस्ने बनारसीलाल साहको छोरा वर्ष ४८ को ज्योति प्रसाद साह मोडेल अस्पताल ललाबन्दीमा उपचार भइरहेको। टाउको र ढाडमा चोट अवस्था मध्यम

१०) जिल्ला महोत्तरी बर्दिबास न.पा.– १२ सुकचन्द्र पासवानको छोरा वर्ष १९ को भरत पासवानको दाहिने हात र टाउकोमा चोट अवस्था सामान्य मोडेल अस्पताल लालबन्दीमा उपचार भइरहेको।

११,जिल्ला सर्लाही ला.न.पा.–९ बस्ने अन्दाजी बर्ष ७० की प्रेम कुमारी खत्री भित्रि चोट अवस्था गम्भिर टेक्सास अस्पताल लालबन्दीमा उपचार भइरहेको।

१२) जि. धनुषा गणेशमानचारनाथ न.पा.–५ बस्ने वर्ष ३५ की शर्मिला ठकुरीको दाहिने हातमा चोट अवस्था मध्यम टेक्सास अस्पताल लालबन्दीमा उपचार भइरहेको।

१३) जिल्ला धनुषा सवैला गा.पा.–२ बस्ने वर्ष ३३ को अमृत महतो दाहिने र कम्मरमा चोट अवस्था मध्यम टेक्सास अस्पताल लालबन्दीमा उपचार भइरहेको।

१४) जिल्ला महोत्तरी लहरी गा.पा.– २ बस्ने वर्ष २६ को सोनेलाल महतो बाया हात, शरिरको विभिन्न भागमा चोट अवस्था मध्यम टेक्सास अस्पताल लालबन्दीमा उपचार भइरहेको।

१५) जिल्ला सर्लाही ईश्वरपुर न.पा.– १४ बस्ने वर्ष ५० को छविलाल महतो बायाँ आखा, दाहिने हातमा चोट अवस्था मध्यम टेक्सास अस्पताल लालबन्दीमा उपचार भइरहेको।

१६) निजकै श्रीमती वर्ष ४४ की सुनैना देवी कोईरी जिउमा चोट अवस्था सामान्य टेक्सास अस्पताल लालबन्दीमा उपचार भइरहेको।

१७) जिल्ला महोतरी बर्दिबास न.पा.–३ बस्ने वर्ष ६२ को बद्रि रायमाझि बायाँ खुट्टामा चोट अवस्था मध्यम टेक्सास अस्पताल लालबन्दीमा उपचार भइरहेको।

१८) जिल्ला बारा बदलनगर गा.पा.– ९ बस्ने वर्ष १७ को भण्डारी राय दाहिने हातना चोट अवस्था मध्यम टेक्सास अस्पताल लालबन्दीमा उपचार भइरहेको।

१९) जिल्ला महोत्तरी गौशाला न.पा.–१ बस्ने वर्ष २१ को अजय यादवको वाया हातमा चोट अस्था मध्यम टेक्सास अस्पताल लालबन्दीमा उपचार भइरहेको।

२०) जिल्ला सर्लाही हरिपुर न.पा.–३ बस्ने वर्ष ३३ को शत्रूधन राम हातमा चोट अवस्था सामान्य गढीमाई अस्पताल लालबन्दीमा

२१) जिल्ला रौतहत चन्द्रपुर गा.पा.–१ बस्ने वर्ष ५८ को यज्ञशंकर काफ्लेको बाया आखामा चोट अवस्था गढीमाई अस्पताल लालबन्दीमा उपचार भइरहेको

२२) जिल्ला महोत्तरी सानुखरा गा.पा.–६ बस्ने वर्ष ४८ को मुन्ना राउत हातमा चोट अवस्थागम्भिरगढीमाई अस्पताल लालबन्दीमा काठमाण्डौ रिफर

२३) देश भारत हरिवन घुङघि बेच्ने वर्ष ३० को पुजा देवी औम्ला काटेको अवस्था सामान्य गढीमाई अस्पताल लालबन्दीमा उपचार भइरहेको

२४) जिल्ला सर्लाही बरहथवा न.पा.–१० बस्ने वर्ष २८ को कपलेश महतो जिउमा चोट अवस्था सामान्य गढीमाई अस्पताल लालबन्दीमा उपचार भइरहेको

२५) जिल्ला सर्लाही हजरीया न.पा.–२ बस्ने वर्ष २६ को कमल जर्गामगरको टाउकोमा चोट अवस्था गम्भिर गढीमाई अस्पताल लालबन्दीमा उपचार पश्चात वीरगञ्ज रीफर

२६) जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका –९ बस्ने पवन दनुवारको टाउकोमा , हातमा चोट अवस्था मध्यम गढीमाई अस्पताल लालबन्दीमा उपचार भइरहेको

२७) देश भारत घर भइ हाल हरिवनमा घुङघि बेच्न एको वर्ष ६० को सुसिला देवी आखामा चोट अवस्था सामान्य।गढीमाई अस्पताल लालबन्दीमा उपचार भइरहेको

२८) जिल्ला बारा जितपुर न.पा–१ बस्ने वर्ष ११ को दिपक राय छातिमा चोट अवस्था मध्यम गढीमाई अस्पताल लालबन्दीमा उपचार वीरगञ्ज रिफर

२९) जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका–१८ बस्ने वर्ष ४१ को मुन्ना जैसवाल खुट्मा, अनुहारमा चोट अवस्था गम्भिर गढीमाई अस्पताल लालबन्दीमा बाट वीरगञ्ज रिफर।

३०) जिल्ला महोत्तरी घई भइ रौतहटमा विवाह भएको वर्ष २७ की रुपा थापा हात, अनुहारमा चोट अवस्था मध्यम गढीमाई अस्पताल लालबन्दीमा उपचार भइरहेको।

३१) जिल्ला पर्सा वीरगञ्ज उपमहानगरपालिका–६ बस्ने गोविन्द प्रसाद रौनियारको छोरा वर्ष ३२ को विकाश रौनिया छाति र टाउकोमा चोट अवस्था मध्यम सुर्योदय अस्पताल लालबन्दीमा उपचार भइरहेको ,

३२) जिल्ला रौतहत गढीमाई न.पा.–१ बस्ने पुजेन्द्र कर्ण को छोरा वर्ष २१ को आशीष कुमार कर्ण टाउकोमा, भित्री चोट, अवस्था मध्यम, गाँउ मैत्री अस्पताल लालबन्दीमा उपचार भइरहेको।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved