कर्णाली सरकारले ८ प्रकारका छात्रवृत्ति दिने

नेपालभ्युज

कर्णाली सरकारले ८ प्रकारका छात्रवृत्ति दिने

सुर्खेत। कर्णाली प्रदेश सरकारले विद्यार्थीका लागि आठ प्रकारका छात्रवृत्ति उपलब्ध गराउने भएको छ। एकीकृत छात्रवृत्ति वितरण तथा व्यवस्थापन कार्यविधि २०७८ लाई कर्णाली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ।

कार्यविधिलाई ११ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको कर्णाली प्रदेश सरकारका प्रवत्ता विन्दमान विष्टले बताए। “यसबाट आठ प्रकार छात्रवृत्ति उपलब्ध हुनेछन्,” उनले भने, “यसले गर्दा उच्च शिक्षा पढ्न चाहने जेहेन्दारका लागि सहज हुनेछ।

प्राविधिक छोरी-बुहारी छात्रवृत्ति, चिकित्सा, इन्जिनियरिङ, कृषि र भेटेनरी उच्च शिक्षा छात्रवृत्ति, उच्च शिक्षा अपांग छात्रवृत्ति, उच्च शिक्षा दलित छात्रवृत्ति र उच्च शिक्षा जेहेन्दार छात्रवृत्ति उपलब्ध गराउने प्रवत्ता विष्टले जानकारी दिए।

त्यस्तै, उच्च शिक्षा सीमान्तकृत तथा लोपोन्मुख वर्ग छात्रवृत्ति, आधारभूत तथा माध्यमिक शिक्षामा गरीब तथा जेहेन्दार छात्रवृत्तिका लागि सार्वजनिक-निजी साझेदारी कार्यक्रम र जनआन्दोलन र जनयुद्ध शहीदका सन्ततिका लागि उच्च शिक्षा छात्रवृत्ति दिइने विष्टले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved