चिनियाँ विदेशमन्त्रीले ओली र प्रचण्डलाई भेट्दै, आजै फर्कने

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीले आज सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दैछन्।

नेपालभ्युज

चिनियाँ विदेशमन्त्रीले ओली र प्रचण्डलाई भेट्दै, आजै फर्कने
फाइल फोटो

काठमाडौं। नेपाल भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीले आज सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्दैछन्। भेटमा नेपाल–चीन द्विपक्षीय हितबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

बिहान ११ः१० बजे एमाले अध्यक्ष ओलीसँग भेट गर्ने चिनियाँ विदेशमन्त्रीले त्यसपछि ११ः४५ बजे ‘प्रचण्ड’सँग भेटवार्ता गर्ने कार्यक्रम छ।

शुक्रकार साँझ काठमाडौं ओर्लिएका विदेशमन्त्री वाङ यी शनिबार बिहान शिवपुरी हाइकिङ गएका थिए। त्यसपछि राजनीतिक भेटघाट शुरू गरेका उनले दिउँसो परराष्ट्र मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेर बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए।

विदेशमन्त्रीको भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर गर्नुका साथै चिनियाँ सहयोगमा बनिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए।

शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी नेतृत्वका टोलीबीच भएको द्विपक्षीय औपचारिक वार्तापछि विभिन्न समझदारी पत्रहरूमा हस्ताक्षर भएको छ।

चिनियाँ विदेशमन्त्री आजै अपराह्न ३ बजे बेइजिङका लागि उड्ने कार्यक्रम छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved