कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले भने-केन्द्रबाट चुनावी तालमेल नहोस्

नेपालभ्युज

कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले भने-केन्द्रबाट चुनावी तालमेल नहोस्

काठमाडौं। शुक्रबारदेखि शुरु नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीका प्रदेश प्रमुखहरूले रिपोर्टिङ शुरु गरेका छन्।

केन्द्रीय सदस्यहरूले पार्टीको एकमहीने अभियानबारे बैठकमा जानकारी दिन शुरु गरेका छन्। कांग्रेसले गत २९ फागुनदेखि २९ चैतसम्म स्थानीय तह निर्वाचनकेन्द्रित अभियान शुरु गरेको छ।

शुक्रबारदेखिको बैठकमा कांग्रेसले त्यसबारे प्रारम्भिक समीक्षा गर्ने एजेण्डा बनाएको छ। साथै कांग्रेसले सात आटै प्रदेश प्रमुखहरूलाई समेत बैठकमा बोलाएर प्रदेशगत तहको पार्टी अवस्थाबारे जानकारी लिएको छ।

प्रदेश प्रमुखहरूले केन्द्रबाटै स्थानीय तह निर्वाचनको सन्दर्भमा चुनावी तालमेल नगर्न सुझाव दिएका छन्।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले प्रमुख प्रमुखहरूले प्रदेशगत पार्टी अवस्थाबारे जानकारी गराएका र केन्द्रीय सदस्यहरूले निर्वाचनकेन्द्रित एकमहीने अभियानबारे प्रारम्भिक जानकारी गराएका बताए।

शुक्रबार सबै केन्द्रीय सदस्यहरूले बोल्न नपाएका कारण बैठक लम्बिएको छ।

निर्वाचनकेन्द्रित एकमहीने अभियानमा कांग्रेसले केन्द्रीय सदस्यहरूलाई केन्द्रीय प्रतिनिधि बनाएर खटाएको छ। बैठकमा प्रदेश प्रमुखदेखि केन्द्रीय सदस्यहरू सत्ता गठबन्धनबारे चुनावी तालमेलका विषयमा धारणा राखिरहेका छन्।

आजको बैठकमा २० जना केन्द्रीय सदस्य र सातै प्रदेश सभापतिले सम्बोधन गरेका थिए। अर्को बैठक १३ गते बस्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved