‘टीओआर’ लाई अन्तिम रुप दिन कार्यदलको बैठक बस्दै, ७ सदस्यीय छानबिन समिति बनाउने तयारी

समितिले तीन महिना भित्रमा प्रतिवेदन बुझाउने

नेपालभ्युज

‘टीओआर’ लाई अन्तिम रुप दिन कार्यदलको बैठक बस्दै, ७ सदस्यीय छानबिन समिति बनाउने तयारी

काठमाडौं । सहकारी ठगीको छानबिनका लागि गठन गरिने संसदीय समितिको कार्यादेश (टीओआर) लाई अन्तिम रुप दिन कार्यदलको बैठक बस्दै छ ।

शीर्ष तहको बैठकमा टीओआरमा उल्लेख गर्ने विषय सहमति निकट पुगेसँगै कार्यदलको बैठक बस्न लागेको हो ।

कार्यदलले दलीय सहमति अनुसार टीओआर(TOR)लाई अन्तिम रुप दिने बताइएको छ ।

बैठक बिहान ११ बजे बोलाइएको छ ।

प्रमुख दलहरुबीच समितिमा नेपाली कांग्रेस र एमालेबाट २ – २ जना, माओवादी केन्द्र, राप्रपा र रास्वपाबाट एक – एक जना सदस्य रहने गरि ७ सदस्यीय संसदीय समिति बनाउने सहमति भएको छ ।

समितिलाई छानबिन प्रतिवेदन बुझाउन तीन महिनाको समय दिने तयारी छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम तोक्नैपर्ने अडानबाट कांग्रेस पछाडी सरेको छ । गृहमन्त्री जोडिएका कम्पनीको नाम उल्लेख गर्नेमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहमति जनाएको नेताहरुको दाबी छ ।

गृहमन्त्री लामिछानेको नाम उल्लेख नगरी हिनामिना भएका सहकारी संस्था र गोर्खा मिडिया नेटवर्क लगायत निश्चित कम्पनीको नाम उल्लेख गरेर समिति गठन गर्न दलहरु सहमति नजिक पुगेक दाबी गरिएको छ ।

संसदीय समितिको कार्यादेशमा पोखराको सूर्यदर्शन, चितवनको सहारा, बुटवलको सुप्रिम लगायतका सहकारीसँगै गोर्खा मिडिया नेटवर्कको नाम उल्लेख गरिने बताइएको छ ।

हिजो भएको सहमति अनुसार आज बस्ने कार्यदलको बैठकमा सहमति भए आजबाट सदन सुचारु हुने आशा गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved