‘चुनावको मुखमा सत्तास्वार्थनिम्ति दलबदल गर्नु चरम अवसरवाद हो’

नेपालभ्युज

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले चुनावको मुखमा दल बदल्नु चरम अवसरवाद भएको धारणा राखेका छन्।

दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिबद्ध व्यक्ति र समूहको संगठित अभिव्यक्ति भएको भन्दै सत्ता स्वार्थका निम्ति दल बदल्ने काम भएको प्रति असन्तुष्टि पोखे।

आज एक ट्वीट गरेर डा. भट्टराईले पुरानो दलसँग विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयँ दल गठन गर्नु स्वाभाविक भए पनि चुनावमा मुखमा दलबदल्नुलाई अवसरवादको स‌ज्ञा दिए।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचन र दलहरूप्रति असहमति जनाउँदै पछिल्ला केही दिनयता नेता तथा कार्यकर्ताले दल छाडेर अर्को दल प्रवेश गर्ने लहर नै चलेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved