कांग्रेस ३० र कम्युनिस्ट ७० प्रतिशत छन्, गठबन्धन आवश्यक छ : रामचन्द्र पौडेल

“निर्वाचन नजिकिँदै छ। अब गाउँगाउँमा पुगेर कार्यक्रम गर्नुपर्‍यो, बजार केन्द्रित हुनुभएन,” वरिष्ठ नेता पौडेलले भने, “कार्यकर्तालाई मात्र होइन जनतालाई कुरा बुझाउन सक्नुपर्छ।”

नेपालभ्युज

कांग्रेस ३० र कम्युनिस्ट ७० प्रतिशत छन्, गठबन्धन आवश्यक छ : रामचन्द्र पौडेल

दमौली। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको स्थितिमा गठबन्धन आवश्यक रहेको बताएका छन्। कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले आज आयोजना गरेको अन्तक्र्रियामा उनले यस्तो बताएका हुन्।

पौडेलले नेपालमा कांग्रेस ३० प्रतिशत र कम्युनिष्ट ७० प्रतिशत रहेको उल्लेख गर्दै कांग्रेसले जित्नका लागि गठबन्धन आवश्यक रहेको बताए।

“एक्लै जित्न सकिन्छ भने त किन चाहियो र गठबन्धन ? कांग्रेसको पक्षमा ५१ प्रतिशत मत छैन, त्यही भएर गठबन्धन आवश्यक छ,” पौडेलले भने।

कांग्रेस एक्लै चुनाव लड्न खोजे कम्युनिष्टहरू मिल्न सक्ने खतरा रहेको पौडेलको भनाइ थियो। विदेशी शक्ति कम्युनिष्ट मिलाउन लागिपरेको पौडेलले बताए।

उनले जनताको मन जित्ने गरी काम गर्नुपर्ने बताएका छन्। वरिष्ठ नेता पौडेलले जनताको मन जित्न सके निर्वाचन जित्न सकिने धारणा व्यक्त गरे।

कांग्रेस हरेक जनताको घरघरमा पुग्नुपर्ने बताउँदै जनतालाई कांग्रेसका बारेमा बुझाउनुपर्ने पौडेलको भनाइ थियो।

“निर्वाचन नजिकिँदै छ। अब गाउँगाउँमा पुगेर कार्यक्रम गर्नुपर्‍यो, बजार केन्द्रित हुनुभएन,” उनले भने, “कार्यकर्तालाई मात्र होइन जनतालाई कुरा बुझाउन सक्नुपर्छ।”

पौडेलले जनताको मन जित्न अहिलेका मुद्दाहरूमा बहस गर्नुपर्ने बताए। जनतालाई कांग्रेसका पक्षमा आकर्षित गर्नुपर्नेमा पौडेलले जोड दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved