मन्त्री आले र बलिउड अभिनेता सलमान खानबीच भिडिओ संवाद हुने

आज दिउँसो ३ बजे मन्त्री आलेले अभिनेता खानसँग भिडियो संवाद गर्ने कार्यक्रम तय भएको मन्त्री आलेको सचिवालयले जनाएको छ।

नेपालभ्युज

मन्त्री आले र बलिउड अभिनेता सलमान खानबीच भिडिओ संवाद हुने

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र बलिउड अभिनेता सलमान खानबीच आज भिडियो संवाद हुने भएको छ। भारतीय अभिनेता खान आगामी १८ जेठमा काठमाडौंको दशरथ रङ्गशालामा हुने ‘दबङ लाइभ इन नेपाल’ कार्यक्रमका लागि नेपाल आउँदै छन्।

सोही कार्यक्रमलाई लक्षित गरी आज दिउँसो ३ बजे मन्त्री आलेले अभिनेता खानसँग भिडियो संवाद गर्ने कार्यक्रम तय भएको मन्त्री आलेको सचिवालयले जनाएको छ। अभिनेता खान नेपाल आउने कार्यक्रमलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मन्त्री आलेले खानसँग संवाद गर्ने कार्यक्रम तय भएको हो।

दुई वर्षअघि नै अभिनेता खानको नेपाल आउने कार्यक्रम तय भएको थियो। तर कोभिड–१९ को उच्च जोखिमका कारण रोकिएको उनको कार्यक्रम पुनः हुने भएको हो।

ओडिसी इन्टरटेनमेन्टले सो।कार्यक्रमको आयोजना गर्न लागेको बताइएको छ। आगामी १८ जेठमा हुने सो कार्यक्रममा अभिनेता खानसँगै अन्य भारतीय कलाकार पनि नेपाल आउने बताइएको छ। भारतीय अभिनेता खान नेपाल आउँदा यहाँको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved