सर्वोच्चको आदेश : मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्नू

आचारसंहितामाथि प्रश्न उठाउँदै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जनप्रतिनिधिले पदमा बहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै आयोगविरुद्ध रिट निदेशन हालेका थिए।

नेपालभ्युज

सर्वोच्चको आदेश : मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान तत्काल कार्यान्वयन नगर्नू

काठमाडौं। सर्वोच्च अदालतले स्थानीय तहको चुनाव लड्नका लागि बहालवाला पदबाट राजीनामा दिनुपर्ने आचारसंहिता तत्काल लागू नगर्न अल्पकालीन आदेश दिएको छ।

निर्वाचन आयोगले स्थानीय तहमा पहिले निर्वाचत भएर काम गरिरहेका जनप्रतिनिधिले पुनः चुनाव लड्नका लागि पदबाट राजीनामा दिएपछि मात्रै उम्मेदवारी दिन पाउने आचारसंहिता बनाएको थियो। जसको विरुद्धमा परेको रिटमा सर्वोच्चले तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो।

आचारसंहितामाथि प्रश्न उठाउँदै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जनप्रतिनिधिले पदमा बहाल रहेर स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै आयोगविरुद्ध रिट निदेशन हालेका थिए।

शेर्पाको सोही रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले उक्त आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो। निवेदक र आयोगबीच अदालतमा छलफलपछि अन्तिम आदेश आउने सर्वोच्चले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved