केपी ओली नेपाली राजनीतिका अराजक पात्र हुन् : नेता पौडेल

नेता पौडेलले भने, “पार्टी भित्र र बाहिर उहाँले कसैलाई सम्मान गर्न सक्नुभएन। उहाँमा बढी नै अहमता छ। सरकारमा हुँदा कार्यकर्तालाई अरिंगाल भएर टोक भन्ने कहिले के भन्ने।”

नेपालभ्युज

केपी ओली नेपाली राजनीतिका अराजक पात्र हुन् : नेता पौडेल

काठमाडौं। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले केपी शर्मा ओली नेपाली राजनीतिका अराजक पात्र भएको बताएका छन्।

लमजुङको मध्यनेपालमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेसका प्रभावशाली नेता पौडेलले प्रमूख प्रतिपक्षी दलका नेता केपी ओली नेपाली राजनीतिकै अराजक पात्र भएको आरोप लगाएका हुन्।

“दुईतिहाइ मत पाएर सरकार चलाउने म्यान्डेट पाएका ओलीले आफ्ना समकक्षीलाई पनि सम्मान गर्न सक्नुभएन। न सरकारमा हुँदा आफ्ना समकक्षीलाई सम्मान गर्नुभयो न बाहिर हुँदा,” नेता पौडेलले भने, “पार्टी भित्र र बाहिर उहाँले कसैलाई सम्मान गर्न सक्नुभएन। उहाँमा बढी नै अहमता छ। सरकारमा हुँदा कार्यकर्तालाई अरिंगाल भएर टोक भन्ने कहिले के भन्ने।”

नेता पौडेलले निर्वाचनमा जनताले जहिले पनि घोषणापत्रलाई हेरेर उम्मेदवारलाई भोट दिने गरेका बताए। भने, “घोषणालाई अनुमोदन गर्ने गरेका छन्। तर दलले कहिल्यै पनि जनमतलाई कदर गरेनन्। अहिले एमालेले पनि जनमतलाई बुझेन। दुई दुई पटकसम्म संसद्को हत्या गर्यो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved