झलनाथ खनालको निर्वाचन क्षेत्रमा ओलीको आमसभा

एमालेले क्षेत्र नम्बर १ को फिक्कलमा आज (आइतबार) आमसभा आयोजना गरेको छ। आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन्। एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले आमसभामा १० हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको बताए। 

नेपालभ्युज

झलनाथ खनालको निर्वाचन क्षेत्रमा ओलीको आमसभा

काठमाडौं। स्थानीय तह निर्वाचन नजिकिएसँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले चुनाव केन्द्रीत अभियान शुरु गरेको छ। दलहरू आन्तरिक रूपमा चुनावी अभियान जुटिरहँदा एमालेले आमसभा शुरु गरेको छ। आउँदो निर्वाचनको परिणाम जसरी भए पनि आफ्नो पक्षमा पार्ने कसरतमा जुटेको एमालेले आफ्नै दलबाट अलग भएका नेताहरूका गृह जिल्लाबाट आमसभा शुरु गरेको छ।

सबैभन्दा ठूलो दौडधुपमा रहेको एमालेले आफूबाट फुटेर गएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालको गृह जिल्ला इलामबाट आज (आइतबार) सभा शुरु गर्न लागेको हो। आमसभामा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङसमेत सहभागी हुँदैछन्।

मुख्य चुनावी प्रतिस्पर्धा कांग्रेसबीच रहे पनि दल विभाजन र त्यसपछि केन्द्रीय तहका शीर्ष नेताबीच देखिएको तिक्तताले आफ्नो ‘विरासत’ रक्षा गर्न सक्रिय रहेको एमालेले जनाएको छ।

एमालेले क्षेत्र नम्बर १ को फिक्कलमा आइतबार आमसभा आयोजना गरेको छ। आमसभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन्। एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले आमसभामा १० हजारभन्दा बढीको सहभागिता रहने अनुमान गरिएको बताए।

नेकपा एसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पूर्वसभामुख तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको जिल्ला भएकाले पनि पार्टी विभाजनको सोझो असर इलाम जिल्लालाई परेको एमालेको बुझाई छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved