एमालेसँग चुनावी तालमेलका लागि छलफल भएको छ: कमल थापा

उनले राजतन्त्र पुनर्स्थापनका लागि आफूले प्रयास गरे पनि पूर्वराजपरिवारकै कारण जनताबीच झन् खाडल बढ्दै गएको बताए। राजतन्त्र पुनर्स्थापनका लागि आफू लागे पनि निर्मलनिवासले सहयोग नगरेको आरोप उनले लगाए।

नेपालभ्युज

एमालेसँग चुनावी तालमेलका लागि छलफल भएको छ: कमल थापा

पोखरा। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेसँग चुनावी तालमेलका लागि प्रारम्भिक छलफल भएको बताएका छन्। आज पोखरामा कार्यकर्ताहरूसँग भेटघाट गर्दै उनले एमालेसँग तालमेलका लागि विस्तृत छलफल गर्ने बताए।

उनले आवश्यकताअनुसार अन्य दलसँग पनि सहकार्य गर्ने बताए। अहिले पार्टी कमजोर भए पनि आगामी दिनमा राजनीतिको मूलधारमा राप्रपालाई स्थापित गर्ने उनको भनाइ थियो। तर स्थानीय निर्वाचनमा भने राप्रपाको महत्वकांक्षा नरहेको उनले बताए।

उनले राजतन्त्र पुनर्स्थापनका लागि आफूले प्रयास गरे पनि पूर्वराजपरिवारकै कारण जनताबीच झन् खाडल बढ्दै गएको बताए। १५ वर्षसम्म राजतन्त्र स्थापनका लागि हिँडे पनि निर्मल निवासले सहयोग नगरेको उनको भनाइ थियो।

हिन्दू राष्ट्रको एजेण्डासहित चुनावमा जाने बताउँदै उनले भने, ‘‘राजतन्त्र पुर्नस्थापना विदेशी र सेनाले कू गरेर हुँदैन जनताको मन जितेर हुने हो। राजनीतिक दलसँगको सहकार्य आवश्यक छ भनेर सम्झाउँदा सुनुवाइ भएन र झन् सम्बन्धको खाडल बढ्दै गयो।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved