एमालेको दबाबका कारण स्थानीय चुनाव समयमै हुन लाग्यो : भानुभक्त ढकाल

सरकारले निर्वाचन आयोगलाई उपयोग गरी आचारसंहिता र मतपत्रमा अमिल्दा कुरा सारेको आरोप लगाउँदै उनले भने, “संवैधानिक निकाय राजनीतिको पक्षधरतामा नपरोस् भन्ने एमालेको धारणा हो।”

नेपालभ्युज

एमालेको दबाबका कारण स्थानीय चुनाव समयमै हुन लाग्यो : भानुभक्त ढकाल

चितवन। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) स्थायी कमिटी सदस्य भानुभक्त ढकालले स्थानीय तहको निर्वाचन एमालेको दबाबका कारण समयमै हुन लागेको बताए। उनले निर्वाचन नगर्न विभिन्न षड्यन्त्र भएको आरोप लगाए।

निर्वाचनको समयमा जनप्रतिनिधिविहीन बनाउन नहुने तर्क गर्दै ढकालले भने, “सङ्घीयमा निर्वाचन हुँदा सरकारविहीनको कल्पना गर्न सकिँदैन, त्यसैगरी स्थानीय तह पनि रित्तो हुनु हुँदैन।”

प्रेस चौतारी नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा ढकालले नेपालको राजनीति दुई ध्रुवमा विभाजन भएको बताए। उनले एउटा ध्रुवको नेतृत्व एमाले र अर्को ध्रुवको नेतृत्व कांग्रेसले गरिरहेको बताए।

अबको निर्वाचनले दुई ध्रुवको राजनीतिलाई स्पष्ट पार्ने बताउँदै ढकालले भने, “केही च्याखे थाप्ने र दाउपेच हेर्ने बाँकी रहे पनि राजनीति दुई ध्रुवमा बाँडिन्छ।”

अब हुने स्थानीय तहको निर्वाचन र त्यसपछिको प्रदेश तथा सङ्घीय निर्वाचनको परिणामले त्यसलाई प्रष्ट पार्ने उनको भनाइ छ।

सरकारले निर्वाचन आयोगलाई उपयोग गरी आचारसंहिता र मतपत्रमा अमिल्दा कुरा सारेको आरोप लगाउँदै उनले भने, “संवैधानिक निकाय राजनीतिको पक्षधरतामा नपरोस् भन्ने एमालेको धारणा हो।”

एमालेले एकीकृत समाजवादीलाई राजनीतिक मान्यता नदिएको उल्लेख गर्दै उनले मान्यता पाएका कुनै पनि दलसँग ठाउँ विशेषमा गठबन्धन गर्न पार्टीलाई आपत्ति नरहेको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved