कार्यकर्तालाई ओलीको निर्देशन : मत बाकसलाई जोगाउनुस्, अरुको कब्जामा जान नदिनुस्

अस्वस्थ भन्नेहरुलाई ओलीको जवाफ- परमादेशीहरुलाई तह लगाउन मेरो स्वास्थ्य सक्षम छ

ओलीले केही समयअघि आफू अस्वस्थ भएको तर अहिले पूर्णरुपमा स्वस्थ रहेको बताए। भने, “दुई किड्नी भएकाले त मज्जाले काम गर्छन्। मसँग त चार किड्नी छ। म झन् स्वस्थ छु।”

नेपालभ्युज

कार्यकर्तालाई ओलीको निर्देशन : मत बाकसलाई जोगाउनुस्, अरुको कब्जामा जान नदिनुस्

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय चुनावमा सत्ता गठबन्धनमा रहेका दल र तिनका नेता कार्यकर्ताले गडबड गर्न सक्ने भन्दै मतपेटिकामा विशेष ध्यान दिन कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।

सम्पर्क समन्वय कमिटीद्वारा काठमाडौंमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अगाामी स्थानीय चुनावमा मतपेटिका साट्नेदेखि फर्जी मत हाल्नेसम्मका काम सत्तापक्षबाट हुन सक्ने भन्दै त्यसमा विशेष ध्यान दिनका लागि नेता कार्यकर्तालाई निर्देशन दिए।

यसअघिका चुनावहरुमा माअ‍ोवादी र प्रचण्डलाई जिताउनका लागि सिरहा र चितवनलगायतका ठाउँमा मतपेटिका साट्नेदेखि मतपत्र च्यात्नेसम्मका काम भएका भन्दै ओलीले यसपटक ती कार्य हुन नदिन चुनावको समयमा भोक, तिर्खा नभनेरै खट्न निर्देशन दिए।

ओलीले केही पत्रिकाहरुले आफ्नो स्वास्थ्यको विषयमा टिप्पणी गर्दै समाचार लेखेको भन्दै आफू अहिले पूर्णरुपमा स्वस्थ रहेको बताए। उनले आफू परमादेशी गठबन्धनलाई तह लगाउन सक्षम रहेको उद्घोष गरे।

ओलीले केही समयअघि आफू अस्वस्थ भएको तर अहिले पूर्णरुपमा स्वस्थ रहेको बताए। भने, “दुई किड्नी भएकाले त मज्जाले काम गर्छन्। मसँग त चार किड्नी छ। म झन् स्वस्थ छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved