अर्थतन्त्र ३५ वर्षयताकै खराब अवस्थामा पुग्यो: शेखर गोल्छा

तरलताको समस्या तत्काल समाधान गर्न जरुरी भए पनि सरकारको ध्यान समस्या समाधानतर्फ नगएको आरोप उनले लगाए।

नेपालभ्युज

अर्थतन्त्र ३५ वर्षयताकै खराब अवस्थामा पुग्यो: शेखर गोल्छा
फाइल तस्वीर

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र आफू उद्योग वाणिज्य क्षेत्रमा लागेयताकै खराब भएको बताएका छन्। उनले आफू उद्योग वाणिज्य क्षेत्रमा लागेको ३५ वर्ष भएकोमा अहिलेको अवस्था हालसम्मकै खराब भएको बताए।

अहिलेको अर्थतन्त्रको चुनौतीले निजी क्षेत्रको मनोबल घटेको बताएका छन्। शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको ५५ औँ स्थापना दिवसमा अध्यक्ष गोल्छाले मुलुकको अर्थतन्त्रमा देखिएका चुनौतीले निजी क्षेत्रको मनोबल उच्च रूपमा गिराएको बताए।

‘‘म ३५ वर्ष भयो उद्योग वाणिज्य क्षेत्रमा लागेको तर अहिलेसम्म यस्तो समय देखेको छैन नीजि क्षेत्रको मनोबल खस्केको अवस्था छ,” उनले भने।

उद्योग क्षेत्रमा काम गरेको ३५ वर्षको अनुभवमा पहिलोपटक निजी क्षेत्रको मनोबल उच्च रूपमा खस्केको दाबी उनले गरे। पछिल्लो समय मुलुकको अर्थतन्त्र अत्यन्तै चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै अध्यक्ष गोल्छाले त्यसको मुख्यकारण बजारमा तरलता अभाव नै भएको बताए।

उनले मुलुकको सोधानान्तर स्थिति र बैंकमा कर्जाको ब्याजदर उच्च वृद्धि तरलता अभावको कारण भएको बताए। अहिले सरकारी कर्मचारी तथा राजनीतिक व्यक्तिहरुले तरलताको समस्या उद्योगी व्यवसायीहरूको मात्रै भएको भन्ने गरेकोमा  तरलताको समस्यामा कोही पनि अछुतो नरहेको उनको भनाइ थियो। उनले तरलताको समस्या तत्काल समाधान गर्न जरुरी भए पनि सरकारको ध्यान समस्या समाधान गर्नेतर्फ नगएको गुनासो गरे। सरकारले अर्थतन्त्रमा देखिएका समस्या प्राथकिताका आधारमा समाधान नगर्ने हो भने आगामी दिनमा अर्थतन्त्रले विकराल रूप लिनसक्ने चेतावनी समेत दिनु दिए।

त्यस्तै गोल्छाले घर धितो राखेर विदेश गएका नेपाली युवाहरूले पठाउने रेमिटेन्स बढाउन सरकारले प्रोत्साहन गर्नुपर्ने बताए। रेमिटेन्स बैंकिङ च्यानलबाट मात्रै पठाउन पाउने नीति जायज नहुने उनको भनाइ थियो। विदेशमा दु:ख गरेर कमाएको पैसा कसरी नेपालमा पठाउने भन्ने कामदारकै हुने भन्दै उनले रेमिटेन्समा प्रोत्साहन दिने व्यवस्था नगरेसम्म बैंकिङ च्यानलबाट पैसा ल्याउने कुरा सम्भव नभएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved