पौडी खेल्ने क्रममा दुई जना बेपत्ता

नेपालभ्युज

पौडी खेल्ने क्रममा दुई जना बेपत्ता
सांकेतिक तस्वीर

सुर्खेत। तिला नदीमा पौडी खेल्ने क्रममा दुई जना बेपत्ता भएका छन्। कालिकोट जिल्ला महावै गाउँपालिका–५ घर भएका १७ वर्षीया दुई जना तिला नदीमा बेपत्ता भएका हुन्।

महाबै गाउँपालिका वडा ५ गेला निवासी अपिल भट्टराई र विपीन भट्टराई पौडी खेल्ने क्रममा नदीमा बगेर बेपत्ता भएको स्थानीय रामबहादुर शाहीले बताए।

शुक्रबार बेपत्ता उहाँहरुको खोजी कार्य जारी रहेको प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

नदीमा बेपत्ता भएका बालकको खोजीका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको खोजी कार्य जारी रहेको कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए।

बेपत्ता दुबै जना कालिका माध्यमिक विद्यालय गेला कक्षा १० मा अध्यनत विद्यार्थी हुन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved