फेरि बढ्न थाल्यो कोरोना संक्रमण, दक्षिण कोरियामा एकै दिन चार लाख संक्रमित

विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले फेरि बढेको कोरोनाले जटिल समस्या ल्याउन सक्ने भन्दै देशहरूलाई चनाखो हुन भनेको छ।

नेपालभ्युज

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, दक्षिण कोरियामा एकै दिन चार लाख संक्रमित

काठमाडौं। केही सातायता घटेको कोरोनाभाइरसको सङ्क्रमण फेरि संसारभरि बढ्न थालेको छ। विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले फेरि बढेको कोरोनाले जटिल समस्या ल्याउन सक्ने भन्दै देशहरूलाई चनाखो हुन भनेको छ। डब्लुएचओलेनवरी अन्तिमपछि गत साता संसारभर कोरोना सङ्क्रमण ह्वात्तै बढेको बताएको छ।

अघिल्लो साताको तुलनामा गत साता (मार्च ७–१३) मा संसारभर कोरोना सङ्क्रमण ८ प्रतिशतले बढेको छ।

यो अवधिमा एक करोड १० लाख नयाँ सङ्क्रमित थपिएको र ४३ हजारले ज्यान गुमाएको समाचार संस्था रोयटर्सले जनएको छ।

सबैभन्दा बढी सङ्क्रमण चीन र पूर्वी एसियाली मुलुकमा फैलिएको छ। अहिले सबैभन्दा धेरै सङ्क्रमित दक्षिण कोरियामा थपिइरहेका छन्। वर्ल्डाेमिटरका अनुसार बिहीबार त्यहाँ चार लाख बढी मानिसमा सङ्क्रमण थपिएको छ। एकै दिन १६४ जनाले ज्यान गुमाएका छन्।

युरोपेली मुलुक जर्मनीमा पनि बिहीबार पौने तीन लाख कोरोना सङ्क्रमित थपिएका छन्। फ्रान्समा दैनिक सङ्क्रमित १ लाख पुग्दा बेलायत, इटाली, नेदरल्यान्ड्समा पनि दैनिक ५० हजारभन्दा बढी सङ्क्रमित थपिइरहेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved