पीएनजीले नेपाललाई दियो २०५ रनको विजयी लक्ष्य

नेपालभ्युज

पीएनजीले नेपाललाई दियो २०५ रनको विजयी लक्ष्य

काठमाडौं। आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गतको एकदिवसीय सिरिजमा पीएनजीले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ।

यूएईमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा टस हारेर पहिले बलिङ गरेको नेपालले पीएनजीलाई ५० ओभरमा आठ विकेट गुमाउँदै २०४ रनमा रोक्यो।

नेपालका लागि सोमपाल कामीले ३ विकेट लिएका थिए। त्यसैगरी सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल र आरिफ शेखले १-१ विकेट लिँदा पीएनजीका दुई ब्याटर रनआउट भएका थिए।

बलिङमा दीपेन्द्र सिँह ऐरीले विकेट नलिए पनि  किफायती बलिङ गर्दै १० ओभरमा मात्र २६ रन दिएका थिए। ब्याटिङतर्फ पीएनजीका चार्ल्स अमिनी सर्वाधिक ५९ रन जोडेका थिए। त्यस्तै चाद सोपरले ३५ रन जोडे।

कुनैबेला २५ औँ ओभरमा मात्र ९१ रन जोड्ने क्रममा चार विकेट गुमाएको पीएनजीको पाँचौँ विकेटका लागि यी दुईले सर्वाधिक ७४ रनको साझेदारी गरेका थिए। यसअघि ओपनिङमा आएका टोनी उरा र लेगाले पनि पहिलो विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए।

यो खेल सन्दीप लामिछानेको एकदिवसीय कप्तानीको पहिलो खेल हो। त्यस्तै नेपाली युवा स्पिनर सागर ढकालले पनि यसै खेलमार्फत राष्ट्रिय टिमबाट एकदिवसीय खेलमा डेब्यु गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved