साउदीका राजकुमार र प्रधानमन्‍त्री देउवाबीच भेट

कूटनीतिक सम्बन्ध स्थापना भएको चार दशकपछि नेपाल भ्रमणमा आउने राजकुमार साउदीका पहिलो उच्चपदस्थ व्यक्ति हुन्।

नेपालभ्युज

साउदीका राजकुमार र प्रधानमन्‍त्री देउवाबीच भेट

काठमाडौं। नेपाल भ्रमणमा आएका साउदी अरेबियाका परराष्ट्रमन्त्री एवं राजकुमार फैसल बिन फहरान अल साउदले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टचार भेटवार्ता गरेका छन्।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार नेपालको दुई दिने भ्रमणमा आएका साउदी राजकुमारले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन्।

भेटवार्तामा दुई पक्षीय सम्बन्धका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सोमबार श्रीलंकाका हुँदै नेपाल आएका साउदी राजकुमारले आजै बिहान परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका थिए।

त्यस अवसरमा दुई देशका परराष्ट्रमन्त्रीबीच जेनरल कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर भएको थियो। साउदी राजकुमारले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्दै छन् भने आजै बंगलादेश प्रस्थान गर्ने कार्यक्रम छ।

कूटनीतिक सम्बन्ध स्थापना भएको चार दशकपछि नेपाल भ्रमणमा आउने राजकुमार साउदीका पहिलो उच्चपदस्थ व्यक्ति हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved