कांग्रेसको ‘घर-घर जाऔँ’ अभियान आजदेखि

अभियान २९ चैतसम्म सञ्चालन गरिने छ।

नेपालभ्युज

कांग्रेसको ‘घर-घर जाऔँ’ अभियान आजदेखि

चितवन। नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गरेको छ। जिल्लामा रहेका तीनओटै सङ्घीय निर्वाचन क्षेत्रमा आज औपचारिक कार्यक्रम गरी अभियान शुरु गर्न लागिएको हो।

स्थानीय तहको निर्वाचन नजिकिएसँगै अभियान शुरु गरिएको सचिव ध्रुवराज पोख्रेलले जानकारी दिए। उनले भने, “निर्वाचनसँगै समाजमा एमसीसीबारेको भ्रम चिर्नका लागि अभियान शुरु गरिएको हो।”

चितवन क्षेत्र नम्बर १ मा क्षेत्रीय पार्टी कार्यालय पर्सा–२ मा कांग्रेस जिल्ला पार्टी कार्यालय र क्षेत्र नं ३ को गीतानगरस्थित होटल रोयल ब्यांक्वेटबाट अभियान शुभारम्भ गरिँदै छ।

उनका अनुसार क्षेत्र नम्बर १ मा सचिव सूर्य अर्याल र सहसचिव दिनेश अधिकारी, क्षेत्र नम्बर २ मा उपसभापति शालिग्राम शर्मा र सचिव ध्रुवराज पोख्रेल र क्षेत्र नम्बर ३ मा उपसभापति राजीव न्यौपाने र सहसचिव गोपाल दराईलाई जिल्ला प्रतिनिधिको रुपमा खटाइएको छ।

२९ फागुनदेखि शुरु भएको अभियान २९ चैतसम्म सञ्चालन गरिने छ। अभियानका क्रममा क्षेत्र, प्रदेश र वडास्तरमा जागरणका कार्यक्रम सञ्चालन गरिने र टोलटोलमा नेपाली कांग्रेसको टोल कार्यसमिति गठन गरी पार्टी सङ्गठनलाई जनस्तरसम्म पु¥याइने छ।

चितवनमा पार्टीको १४ औँ महाधिवेशनका क्रममा २८ हजार क्रियाशील सदस्य पुगेका र अभियानका क्रममा तिनलाई समेत परिचालन गरिने जनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved