मेयर शाक्यको गुनासोः संघीय सरकारले ऐतिहासिक सम्पदा संरक्षणमा चासो दिएन

नेपालभ्युज

मेयर शाक्यको गुनासोः संघीय सरकारले ऐतिहासिक सम्पदा संरक्षणमा चासो दिएन
फाइल तस्वीर

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरूको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन्।

मेयर शाक्यले सम्पदाहरूको संरक्षण गर्ने दायित्व संघीय सरकारको भएपनि सोहीअनुसार काम नगरेको बताए। शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगन घर पुनर्निर्माण कार्यको शिलान्याश गर्दै उनले संघीय सरकारले सहयोग नगरे पनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरूको पुनर्निर्माणको कामलाई अघि बढाएको दाबी गरे।

उनले महानगरपालिकाले सम्पदाहरूको पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा भने स्थानीय गुठीहरूलाई नै दिने नीति अनुसार काम भइरहेको दोहोर्‍याउनु भयो। मेयर शाक्यले भने, “हामीले चुनावको बेला घोषणा गरेका थियौं–काठमाडौं एउता ऐतिहासिक शहर, सांस्कृतिक शहर। यसलाई जीवन्त बनाउनुपर्छ भनेर हामीले भनेका थियौं। यसलाई संरक्षण गर्ने, प्रवद्र्धन गर्ने र पर्यटनसँग जोड्ने भन्ने नीति लियौं। चुनावी घोषणापत्र अनुसार नै हामीले सबै कार्य गर्दै आएका छौं। अहिले पनि यो सम्पदान भनेको राज्यको सम्पत्ति हो। यो पहिलो गठियारहरूले बनाएका थिए। त्यो गुठियारले अहिले संरक्षण गर्न नसकिरहेको अवस्थामा राज्यको उपस्थिति त्यहाँ हुनुपर्छ। राज्यले संरक्षण पनि गर्ने हो। त्यसका लागि हामीले आर्थिक पक्ष आफूहरूले हेर्ने तर त्यसको संरक्षण र व्यवस्थापनको काम गठियारलाई नै दिने नीति लिएका छौं। यसको संरक्षणको लागि संघीय सरकारले जिम्मेवारी लिएन। हामीले जिम्मेवारी लिएर पुनर्निर्माणको कामलाई तीव्रता दिएका छौं।”

सो आँगन घर पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले ७६ लाख ११ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ। जसअनुसार पहिलो किस्ताबापत २५ लाख ११ हजार निकास भएको र यसको पुनर्निर्माणको कामको पनि शुभारम्भ गरिएको पुनर्निर्माण समितिका सचिव तीर्थ महर्जनले जानकारी दिए।

समितिका अनुसार सो आँगन घरको पुनर्निर्माणका लागि करिब साँढे १ करोड बजेट लाग्नेछ। २ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी अघि बढाइएको पुनर्निर्माण समितिले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved