तनहुँको छात्रावासबाटै हराइन् १४ वर्षीया बालिका

नेपालभ्युज

तनहुँको छात्रावासबाटै हराइन् १४ वर्षीया बालिका

तनहुँ। बौद्धिक अपांगता भएकी एक छात्रा विद्यालयको छात्राबासबाट हराएकी छन्।

व्यासनगरपालिका-५ स्थित सिन्धु आधारभूत विद्यालयको विशेष कक्षाअन्तर्गत अध्ययनरत सलिना खातुन त्यही विद्यालयको छात्राबासबाट हराएकी हुन्। जिल्लाको भानुनगरपालिका-३ तुरतुरे घर भई हाल छात्राबासमा रही अध्ययन गर्दै आएकी १४ वर्षीय खातुन बिहीबार बिहानदेखि हराएकी छन्।

बिहीबार बिहान अन्दाजी ४ बजे कसैलाई पनि जानकारी नगराई छात्राबासबाट बाहिर निस्कर हिँडेकी विद्यालयले जनाएको छ। खातुन ४ फिट ५ इन्च फिट अग्ली छिन्। आँखाको रङ कालो, कालो वर्ण, खैरो हाइनेक र नीलो सुरुवाल पोशाकमा उनी हराएकी विद्यालयकी शिक्षिका सीतादेवी कुँवरले जानकारी दिइन्। आफूहरूले बिहान ६ बजे मात्र उक्त कुराको जानकारी पाएसँगै खोजी कार्यलाई तीव्रता दिएको उनले बताइन्।

बिहानीपख ढोका खोलेको छात्राबासमा बस्ने सहयोगीले थाहा पाए पनि दिसापिसाब फेर्न निस्किएको होला भनी बेबास्ता गरिँदा बालिका हराएकी उनले बताइन्।

उक्त आबासमा हाल आठ छात्रा र सात छात्र गरी १५ जना छात्रछात्रा बसेर अध्ययन गर्दै आएका थिए। छोरी हराएकाले भेट्नु हुनेले नजिकको प्रहरी चौकीमा खबर गरी सहयोग गरिदिन आमा दुखेला खातुनले सबैसँग आग्रह गरेकी छन्।

छोरी हराएको विषयमा जिल्ला प्रहरी कार्यालयमा समेत बिहीबार नै खोजतलासका लागि जाहेरी दिई सकिएको उनले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved