नवलपरासीमा दुर्लभ एकसिंगे गैँडा मृत फेला

यस आर्थिक वर्षमा मात्रै ३० ओटा गैँडा मृत फेला परेका छन्।

नेपालभ्युज

नवलपरासीमा दुर्लभ एकसिंगे गैँडा मृत फेला

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ। कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैँडाबारे जानकारी पाइएको बताए। “सामुदायिक वनको बेलघारी सोराहामा निउसो टिप्न गएका स्थानीयवासीले मृत गैँडा देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो”, तिवारीले भने, “त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम गर्‍यो।” मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए।

आज भेटिएको यो सँगै चालु आर्थिक वर्ष २०७८/७९ मा मा ३० वटा गैँडा मृत फेला परेका तिवारीले बताए। यस वर्ष हालसम्म मरेका गैँडामध्ये २८ गैँडा प्राकृतिक कारण र बाघको आक्रमणबाट मरेका हुन् भने दुई गैँडा चोरी शिकारीका कारण मरेका तिवारीको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved