कर्णाली प्रदेशसभा बैठक बस्दै, एमालेले के गर्ला ?

कर्णाली प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने छ। फागुन १६ गते बसेको बैठक नेकपा एमालेले अवरुद्ध गरेपछि स्थगन भएपछि आज बैठक बस्न लागेको हो।

नेपालभ्युज

कर्णाली प्रदेशसभा बैठक बस्दै, एमालेले के गर्ला ?

सुर्खेत। कर्णाली प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने छ। फागुन १६ गते बसेको बैठक नेकपा एमालेले अवरुद्ध गरेपछि स्थगन भएपछि आज बैठक बस्न लागेको हो। सात बुँदे सहमति कार्यान्वयनबारेमा भएको प्रगति सदनमा प्रस्तुत गर्नुपर्ने भन्दै माग राखेपछि अवरुद्ध भएको थियो।

एमालेले सरकार र प्रमुख प्रतिपक्षी दलबीच माघ १८ गते भएको सहमतिअनुसार सातौँ बुँदामा सरकारले गरेको प्रतिबद्धता सम्बन्धमा संसद सचिवालयलाई जानकारी दिने प्रतिबद्धता उल्लेख भएको छ।

एमालेले सदन अवरुद्ध गरेकै दिन मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेको पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दल एमालेसँगको सहमति अनुसार झन्डै ८४ करोड रकम फिर्ता ल्याइएको दाबी गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved