यथास्थितिमा एमसीसी पास भए देश द्वन्द्वमा जान्छ: लिङ्देन

नेपालभ्युज

यथास्थितिमा एमसीसी पास भए देश द्वन्द्वमा जान्छ: लिङ्देन

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले  एमसीसी यथास्थितिमा पास भए देश द्धन्द्धमा जाने चेतावनी दिएका छन्।

जनता सडकमा उत्रिएको, काँडेतार लगाएर सुरक्षा व्यवस्था कडा पारेर एमसीसी सम्झौता पेश गरिएकोमा यसरी एमसीसी पास गर्नु देशलाई द्धन्द्धमा लिनु भएको दाबी उनले गरे। आम जनताले चासो राखेको एमसीसीले जनता विभाजित भएकाले यसलाई स्थगित गरेर नयाँ ढंगले अघि जान सभामुखसँग उनले अनुरोध गरे।

महाकाली सन्धी गर्दा देशलाई ठूलो लाभ हुन्छ भनेर प्रचार गरिएकोमा उनले प्रश्न गरे, ‘‘त्यसको लाभ देशले अहिले के पायो ?”

एमसीसीका दफा दफालमा छलफल गर्नुपर्ने बताउँदै उनले यसलाई हो-हल्ला गरेर टुंग्याउन नहुने बताए। ५ वर्षलाई सकिने परियोजनालाई अन्तर्राष्ट्रिय सन्धीको मान्यता दिनु नै आपत्तिजनक भएको उनको भनाइ थियो। एमसीसीबाट पैसा मात्र नभएर अरु पनि केही आउँदैछ भन्ने आशंका आफूलाई रहेकाले यसलाई स्पष्ट पार्न उनले आग्रह गरे।

सत्ता साझेदार दलहरूले व्याख्यात्मक टिप्पणी गरेर एमसीसी पास गर्ने निर्णय गरेकोमा उक्त व्याख्यात्मक टिप्पणीको कुनै अर्थ नहुने उनले बताए।

वैदेशिक सम्बन्धलाई सत्ता चढ्ने सिँढीको रूपमा प्रयोग नगर्न चेतावनी दिँदै उनले युक्रेनबाट पाठ सिक्न अनुरोध गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved