कोरोना संक्रमणः अझै तीन जिल्ला ‘रेड जोन’मुक्त हुन बाँकी

नेपालभ्युज

कोरोना संक्रमणः अझै तीन जिल्ला ‘रेड जोन’मुक्त हुन बाँकी

काठमाडौं। नेपालमा पछिल्लो केही सातायता कोरोना संक्रमणदर घट्दै गइरहे पनि काठमाडौं, ललितपुर र कास्की गरी तीन वटा जिल्ला ‘रेड जोन’ मुक्त हुन बाँकी नै छन्।

यी तीन जिल्लामा पाँच सयभन्दा बढी कोरोनाका संक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर नौ हजार २८० जना सक्रिय संक्रमित रहेका छन्।

त्यस्तै मोरङ, झापा, सुनसरी, धनुषा, चितवन, बाँके, रुपन्देही र कैलालीमा अझै पनि दुई सयभन्दा बढी सक्रिय संक्रिमत रहेका मन्त्रालयले जनाएको छ। सक्रिय संक्रमितहरू नहुने जिल्ला शून्य छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved