तेस्रो स्थानका लागि ओमानको झिनो लक्ष्य सामना गर्दै नेपाल

नेपालभ्युज

तेस्रो स्थानका लागि ओमानको झिनो लक्ष्य सामना गर्दै नेपाल

काठमाडौं । विश्वकप छनोट चरणबाट बाहिरिएको नेपालले अहिले तेस्रो स्थानका लागि भइरहेको खेलमा ओमानले नेपाललाई नेपाललाई जम्मा ८८ रनको झिनो लक्ष्य दिएको छ।

पूरा ओभर खेले पनि ओमानले ९ विकेटको क्षतिमा मात्र ८७ रन बनाउन सक्यो। नेपालका लागि कप्तान सन्दीप लामिछानेले तीन विकेट लिए। ओमानका जिसन मक्सुदले २१ रन बनाउनुबाहेक अन्यले गतिलो खेलेनन्।

४ ओभर गरेका सन्दीपले जम्मा १३ रन मात्र दिए। नेपालका कमलसिंह ऐरी, आरिफ शेख, अविनाश बोहोरा र सागर ढकालले समान १/१ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले विकेट नलिए पनि एक मेडन राखे।

ओमानकै अल अमिरात क्रिकेट स्टेडियममा टस हारेर फिल्डिङमा उत्रिएको नेपालले अब ब्याटिङ गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved