बानेश्वरमा तनाव: प्रदर्शनकारीले बार भत्काएपछि प्रहरीले हान्यो पानीको फोहरा

नेपालभ्युज

बानेश्वरमा तनाव: प्रदर्शनकारीले बार भत्काएपछि प्रहरीले हान्यो पानीको फोहरा
काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच आज पनि झडपको अवस्था बनेको छ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहरा हानेको थियो। तर पनि भीड तितरबितर नभएपछि प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेको छ।
सरकारले विवाद र संसद् अवरोधकैबीच गत ८ फागुनमा संसद्मा एमसीसी टेबल गरेको थियो। आज बस्ने भनिएको प्रतिनिधिसभा बैठकमा उक्त परियोजनामाथि छलफल राखिएको थियो। तर सरकारको अनुरोधमा प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved