तीन वर्षमा एक हजार ९४१ बालबालिका बेपत्ता

पछिल्लो तीन वर्षको तुलनामा वर्ष २०७७/०७८ मा हराएका बालबालिकाको संख्या वृद्धि भएको छ। परिषद्का अनुसार २०७७/०७८ मा तीन हजार ६५८ जना बालबालिका हराएका छन्।

नेपालभ्युज

तीन वर्षमा एक हजार ९४१ बालबालिका बेपत्ता

काठमाडौं। नेपालमा पछिल्लो तीन वर्षमा एक हजार ९४१ बालबालिका बेपत्ता भएका छन्। राष्ट्रिय बाल परिषद्को तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा एक हजार ९४१ जना बालबालिका बेपत्ता भएका छन्।

परिषद्मा २०७५/०७६ मा तीन हजार ४२२ बालबालिका हराएको उजुरी परेको तथ्यांक छ। परिषद्का अनुसार हराएकामध्ये दुई हजार ५४० जना मात्र फेला परेका छन्। उक्त तथ्यांकअनुसार ८८२ जना परिषद्को सम्पर्कमा छैन।

२०७६/०७७ मा दुई हजार ७२९ बालबालिका हराएको उजुरी परेको परिषद्ले जनाएको छ। ती बालबालिकामध्ये दुई हजार २१९ जना मात्र फेला परेको तथ्यांक छ। यस अनुसार यो वर्ष ४१० जना अझै सम्पर्कविहीन छन्।

परिषद्का अनुसार २०७७/०७८ मा तीन ६५८ जना बालबालिका हराएका छन्। तीमध्ये तीन हजार नौ जना मात्र फेला परेका तथ्यांक छ। यस तथ्यांकअनुसार ६४९ जना अझै गुमनाम छन्।

गत आर्थिक वर्षमा कूल हराएकामध्ये ७२.२३ प्रतिशत बालबालिका मात्र फेला परेको देखिन्छ। त्यस्तै, २०७६/०७७ मा सुधार भई ८१.३१ प्रतिशत र २०७५/०७६ मा ७४.२२ बालबालिका फेला परेको देखिएको छ।

बालबालिका हराउनेको संख्यामा पनि वृद्धि
पछिल्लो तीन वर्षको तुलनामा वर्ष २०७७/०७८ मा हराएका बालबालिकाको संख्या वृद्धि भएको छ। परिषद्का अनुसार २०७७/०७८ मा तीन हजार ६५८ जना बालबालिका हराएका छन्।

त्यस्तै, २०७६/०७७ मा दुई हजार ७२९ जना र २०७५/०७६ मा तीन हजार ४२२ जना बालबालिकाका हराएका परिषद्को तथ्यांक छ।

उक्त तथ्यांकअनुसार २०७६/०७७ को तुलनामा गएको आवमा ९२९ जना र २०७५/०७६ को तुलनामा २३६ बढी बालबालिका हराएका देखिन्छ।

२२ मंसीर २०६३ देखि बालबालिका खोजतलास समन्वय केन्द्र (निःशुल्क टेलिफोन नं. १०४) काठमाण्डौें भृकुटीमण्डपमा सञ्चालनमा छ। निःशुल्क टेलिफोन नं. १०४ का लािग नेपाल दुरसञ्चार प्राधिकरणको सहयोग रहेको छ।

काठमाण्डौं उपत्यकाबाहेक अन्य ७४ जिल्लाका यो सेवा विस्तार गरीे नियमित सञ्चालनमा ल्याएइको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved