२६ फागुनमा हिउँदे अधिबेशन गर्न गण्डकी सरकारको सिफारिस

नेपालभ्युज

२६ फागुनमा हिउँदे अधिबेशन गर्न गण्डकी सरकारको सिफारिस

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन फागुन २६ गते डाक्न सरकारले सिफारिस गरेको छ। मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई सोही मितिमा अधिवेशन गर्न सिफारिस गरेको हो।

यसअघि गण्डकीको बर्खे अधिवेशन असोज ५ गते अन्त्य भएको थियो। दुई अधिवेशनबीचको फरक ६ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ। चैत ५ गते बर्खे अधिवेशनको ६ महिना पुग्छ। त्यही समयसीमा ख्याल गरी सरकारले फागुन २६ गतेदेखि संसद चलाउने भएको हो।

आउँदो अधिवेशनमा लैजाने गरी सरकारले ४ वटा विधेयकहरु तयार गरेको जानकारी कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले सोमबारै दिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved