ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा

नेपालभ्युज

ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटमा
फाइल तस्वीर।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा बालकोटमा पुगेका छन्। एमसीसीबारे छलफल गर्न देउवाले बिहीबार डाकेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको थियो।

जसरी पनि शुक्रबारको बैठकमा एमसीसी टेबल गर्नुपर्ने पक्षमा रहेका देउवा गठबन्धनको बैठक सकिएपछि ओलीलाई भेट्न गएका हुन्। देउवानिकट एक नेताका अनुसार एमसीसी र संसद् अवरोध खोल्ने विषयमा छलफल गर्न देउवा बालकोट पुगेका हुन्।

 प्रचण्ड-माधवको नयाँ शर्त 

बालुवाटारमा बिहीबार सम्पन्न सत्तागठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नयाँ शर्त राखेका थिए। उनीहरूले एमसीसी टेबल गर्नेभन्दा पनि संसद् अवरोध खुलाउने विषयलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए।

‘‘पहिले एमालेसँग संवाद गरेर संसदको अवरोध खुलाऔं। त्यसपछि एमसीसीबारे छलफल गरौंला,’’ प्रचण्डलाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले नेपालभ्युजसँग भने।

बैठकमा प्रधानमन्त्री देउवाले जसरी पनि शुक्रबार संसदमा एमसीसी टेबल गर्ने बताएका थिए। ‘पहिले संसद्‍मा पेश गरौँ। त्यसपछि यसमाथि छलफल गरेर पास-फेलबारे निर्णयमा पुगौँला, भोलि पेश गरौँ, त्यही छलफल गरौँ,’ देउवाको प्रस्ताव थियो। उनले एमसीसीबारे धेरै विभाजित हुन आवश्यक नरहेकाे बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved