सुस्ताएको पर्यटन व्यवसाय जगाउन नेपाल आउँदै सलमान खान

खानसँगै बलिउडका प्रभावशाली कलाकारहरु नेपाल आउन लागेका कार्यक्रमको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ।

नेपालभ्युज

सुस्ताएको पर्यटन व्यवसाय जगाउन नेपाल आउँदै सलमान खान

काठमाडौं। बलिउडका ‘दबंग’ अभिनेता सलमान खान नेपाल आउने भएका छन्। सांगीतिक कार्यक्रम गर्न खान नेपाल आउन लागेका हुन्।

आगामी ३ वैशाखमा खान नेपाल आउने भएका हुन्। खानलाई ओडीसी इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको हो।

कोरोना महामारीपछि नेपालमा सुस्ताएको पयर्टन व्यवसायलाई चलायमान गराउनका लागि खानालई नेपाल ल्याउन लागिएको बताइएको छ।

खानसँगै बलिउडका प्रभावशाली कलाकारहरु नेपाल आउन लागेका कार्यक्रमको आयोजक ओडीसी इन्टरटेनमेन्टले जनाएको छ।

खानसँगै उक्त कार्यक्रममा बलिउड अभिनेतृ सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभू देवालगायत कलाकार नेपाल आउन लागेका हुन्।

यसअघि, ०७४ फागुनमा पनि सलमान खान काठमाडौं आउने तय भएको थियो। त्यसबेला पनि ओडीसीले नै कार्यक्रम आयोजना गर्न लागेको भए पनि पछि रद्द भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved