२१ किलो चाँदीका गरगहनासहित दुई जना पक्राउ

सूचनाका आधारमा उनीहरु करीब ५५ लाख ४० हजार १३९ मूल्य बराबर चाँदीका गहना र अन्य सामग्रीसहित पक्राउ परेका हुन्।

२१ किलो चाँदीका गरगहनासहित दुई जना पक्राउ
सांकेतिक तस्वीर

सुर्खेत। जिल्ला प्रहरी कार्यालय दैलेखले २१ किलो चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

चाँदीका गहनालगायतका सामग्रीसहित साबिकको नारायणपुर गाविस–९ कैलाली घर भई हाल दाङको तुलसीपुर उपमहानगरपालिका–१७ बस्ने डम्बरप्रसाद ढुंगाना र चालक टिकापुर नगरपालिका–९ कैलाली घर भई हाल वीरेन्द्रनगर नगरपालिका–४ एरिचोक सुर्खेत बस्ने २६ वर्षीय दिपक पाण्डे पक्राउ परेका हुन् ।

दैलेख प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहका अनुसार सुर्खेतबाट दैलेख जाँदै गरेको भे १ च ३२१३ नम्बरको डबल क्याप बोलेरोमा अवैध सामान ल्याइँदै छ भन्ने सूचनाका आधारमा उनीहरुलाई करीब ५५ लाख ४० हजार १३९ मूल्य बराबर चाँदीका गहना र अन्य सामग्रीसहित पक्राउ गरिएको हो।

“अन्दाजी २४ लाख ७६ हजार ६५० रुपैयाँ बराबरको २१.७२५ किलोग्राम चाँदीका गहनाहरु पोते, पत्थरहरु र गहना राख्न प्रयोग हुने डिम्बाहरु अन्दाजी एक लाख ६३ हजार ४८९ रुपैयाँ मूल्य बराबरको सामग्री बरामद गरिएको छ ,” साहले भने, “२९ लाख मूल्य बराबरको भे १ ज ३२१३ नम्बरको डबल क्याप बोलेरो गाडीसमेत नियन्त्रणमा लिइएको छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved